तुलसीपुर,बैशाख ६ । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।
दिवसका अवसरमा नेपाल विद्यार्थी सघं तुलसीपुर उपमहानगर समितिले सोमवार एक कार्यक्रमको आयोजना गरि फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नगर समितिका संयोजक राजिव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका ३५ जना बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नेविसंघ दाङका जिल्ला सदस्य किरण केसीले काल कोठरी (जेल)बाट स्थापना भएको नेविसंघ ५२ औं वर्षमा प्रवेश गर्दा आफूहरुले विद्यार्थीको हक अधिकार र सामाजिक कार्यहरूमा निरन्तर रुपमा हातेमालो गर्दै आएको बताए ।
त्यस्तै केसीले कोरोना महामारीले देश आक्रान्त बनिरहेको बेला स्थानिय निकायका निजी तथा सरकारी विद्यालयहरुले विद्यालय सञ्चालन गरेर विद्यार्थीहरूको स्वास्थ्य माथि खेलवाड गरिरहेको भन्दै आपत्ती जनाए ।
उनले चाडो भन्दा चाडो वार्षिक परिक्षा गराएर तत्काल विद्यालय बन्द नगरेमा नेविसघं बिरोधमा उत्रने चेतावनी समेत दिए ।
सो अवसरमा तरुण दल दाङका अध्यक्ष टिका घर्ति,नेविसघं दाङका सह–सचिव जितेन्द्र प्रकाश वलि,कोषाध्यक्ष अरुण लहरे,नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का सभापति बलिराम खत्री लगाएतकाको सहभागीता रहेको थियो ।
यसैबिच दिवसकै अवसरमा राप्ती बबई क्याम्पस तुलसीपुरमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
राप्ती बबई क्याम्पसका नेविसघं नेता बसन्त बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख युवराज रावत लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेविसघंका नेता बिदुर गौतमले गरेका थिए ।