२०८१ जेष्ठ ११ गते शुक्रवार

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाए

दाङ, बैशाख ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल हेरफेर तथा विस्तार गरेका छन ।

पोखरेलले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही बेरमै मन्त्रीमण्डल विस्तार गरेका हुन ।

पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका मध्य तीन जनालाई मन्त्री बनाएका छन् । जसमा जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे रहेका छन् ।

पाण्डे भौतिक पूर्वाधार, यादव भूमि व्यवस्था तथा कृषि, कल्पनाले शिक्षा तथा सामाजिक विकास मन्त्री बनेका छन् । त्यस्तै सुमन शर्मा रायमाझी राज्यमन्त्री बनाइएका छन् ।

सोमवार नै प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन ।

त्यसभन्दा केही बेर अघि मात्रै माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । उनीहरुले आ–आफ्नो पदबाट राजीनामा समेत दिइसकेका छन् ।

त्यस्तै सोमबार नै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदले मुख्य मन्त्री पोखरेल विरुद्ध हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

 

 

 

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *