२०८१ चैत्र १३ गते बुधवार

तुलसीपुरमा वार्षिक परीक्षा वैशाख २७ गतेदेखि सञ्चालन गर्न आग्रह

तुलसीपुर, बैशाख ४ । तुलसीपुर शिक्षा शाखाले  विभिन्न शैक्षिक संस्थाका सञ्चालकसंग शनिवार छलफल गरेको छ । 

  नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफलमा सरोकारवालहरुले तत्कालका विद्यालय वन्द गर्न नहुने सुझाव दिएका थिए । परीक्षा नजिकै आउन थालेको भन्दै उनीहरुले स्वास्थ्य मापदण्डको अधिकतम पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्ने बताएका हुन । 

मेयर पाण्डेले  विद्यालय सञ्चालन सम्बन्धि मापदण्ड वनाइएको हुँदा त्यसको पालना गरेर कक्षा सञ्चालन गर्न आग्रह गरे ।  कोरोना संक्रमणको दर बढेको भएपनि डरलाग्दो अवस्था नभएको उनले बताए । 

संक्रमणको अवस्था भयावह हुन सक्नेतर्फ लक्षित गर्दै उनले बैशाख २७ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने गरी तयारी गर्न समेत अनुरोध गरे । 

प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले हरेक विद्यालयमा स्वास्थ्य डेस्क राख्न आग्रह गरे ।  स्वास्थ्य प्रमुख ओमप्रकाश न्यौपानेले अवस्था जटिल वन्दै गएको तर विद्यालय अहिले नै वन्द गर्नुपर्ने अवस्था नरहेको बताए ।  

कार्यक्रममा गुरुजजुर माविका प्रधानाध्यापक विष्णु केसी, महेन्द्र माविका प्रधानाध्यापक जितवहादुर थापा, ग्रेट अरनिकोका विष्णु आचार्य, तुलसीपुर सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेल लगायतले सुझाव दिएका थिए । शिक्षा सल्लाहकार शिशिर खनालले कोरोको तुलनात्मक अध्ययन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *