२०८० चैत्र १६ गते शुक्रवार

पार्टी भित्रै हामीलाई असाध्यै पेलेर जानेहरुलाई आज सवक सिकाउन फ्लोर क्रस गरेका हौं – प्रकाश ज्वाला 

दाङ, वैशाख ३ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पार्टीका नेताहरुलाई सबक सिकाउन आफुहरुले फ्लोक क्रस गरेर मुख्य मन्त्रीको पक्षमा मतदान गरेकाको बताएका छन् ।

फरककोण संगको फोन सम्वादमा नेकपा भित्रको माधवकुमार नेपाल समुहका नेता ज्वालाले आफुहरुले पार्टीका नेताहरुलाई सबक सिकाउन कठोर राजनीतिक निर्णय गरेको तर्क गरे ।

‘अदालतले फैसला गरेर नेकपा एमाले ब्यूताई सकेपछि एमालेलाई जसरी एकताबद्ध गर्नु पदथ्र्याे, त्यो गरिन,’ उनले भने ‘ हामीले पटक÷ पटक अनुरोध ग¥यौं, प्रयास ग¥यौं,तर हाम्रो अनुपस्थितिमा बैठक गर्ने र एकलौटी तरिकाले पार्टी चलाउने तथा हाम्रो नेतृत्वलाई अनि हामीलाई अपमानित गर्दै जाने जुन घटनाहरु भए, गतिबिधिहरु भए त्यसको एउटा परिनाम पनि हो यो ।’

त्यस्तै पार्टी भित्रका समस्या समाधान गर्ने र पार्टीलाई एकताबद्ध गर्ने भन्दा पार्टीलाई एकलौटी र जवरजस्ती तरिकाले चलाउने तथा पार्टीलाई आफुले मात्रै बनाएको भन्ने ढंगले हामीलाई सासाध्य धेरै पेल्ने गरेको हुँदा नेताहरुलाई सबक सिकाउन आफुहरुले फ्लोल क्रस गरेको ज्वालाको स्पष्टोउक्ती थियो ।

उनले भने ‘ एउटा पक्षलाई असाध्यै पेल्ने र अपमानित गर्ने जुन हर्कतहरु भए त्यसलाई एउटा च्यालेञ्जपनि हो ।’

त्यस्तै उनले फ्लोर क्रस गर्नुको अर्कौ कारण नेतृत्वले पार्टीलाई एकताबद्ध गर्न नसक्दा यस्ता घटनाहरु घट्ने र पार्टीले यसरी क्षति ब्यहोर्नु गर्छ भन्ने कुराको राम्रो सबक सिकाउनका लागि फ्लोक क्रस गरिएको उनको कथन थियो ।

‘यो एक किसिमको दबाब दिने प्रयासपनि हो,’ मन्त्री ज्वालाले भने ‘ त्यसैका लागि हामीले यो कठोर राजनीतिक निर्णय गरेका हौं ।’

तपाँईहरुलाई पार्टीले कारवाही ग¥यो भने के हुन्छ ? भन्ने प्रश्नमा – मन्त्री ज्वालाले त्यसको खासै कुनै अर्थ नरहेको बताए ।

‘हामी कारवाही गर्दापनि अस्ति मन्त्री पदबाट पनि राजीनामा दिएका हौं र भोलि अरु कारवाही भएपनि हामी सहन तयार नै छौं,’ ज्वालाले भने ।

एमालेकै प्रबक्ताले अक्षम्य अपराध हो भन्नु भएको छ नि ? भन्ने प्रश्न गर्दा – उनले भने ‘हामीमाथि अत्याचार गरिरहँदा चाँही अपराध नहुने, बदमासी नहुने र हामीले कुनै एउटा राजनीतिक निर्णय गर्दा कसरी त्यो अक्षम्य अपराध हुन्छ ।’

उनले पार्टीलाई एकताबद्ध नगर्दा खेरी र एउटा समुहलाई पेलेरै जान खोज्दा यस्ता घटनाहरु घट्नु तथा पार्टीलाई घाटा हुनु स्वाभाविक मान्नु पर्ने बताए ।

‘ त्यसैका निम्ति पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्छ भन्ने हाम्रो यो नेतृत्वलाई दबाब हो,’ ज्वालाले भने ‘ नेतृत्वले गल्ती महुशस गरि सच्याउँदै अगाडि बढ्नु पर्छ भन्ने सन्देश पनि हो यो ।’

नेकपा एमालेका नेताहरु कस्ले के भने त्यसका पछाडि आफुहरु नलाग्ने उनले बताए ।

नेकपा एमाले भित्रकै चार सांसदले फ्लोर क्रस गरेपछि शुक्रवार कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो । शाहीको बिपक्षमा १५ र पक्षमा २२ मत प¥यो । शाही माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता हुन । यहाँ माओवादी केन्द्रका १२ सांसद मात्रै छन् ।

शाहीको पक्षमा बहुमत पु¥याउन एमालेको माधवकुमार नेपाल समुहका चार नेताहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरे । ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री हुन भने बुढा उद्योग पर्यटन तथा वातावरण मन्त्री हुन ।

एमाले नेताकै कारण शाहीको पद जोगिएपछि राजनीतिक बृत्तमा त्यसलाई निकै महत्वका साथ हेरिएको छ ।

शाहीको पक्षमा बहुमत पु¥याउन नेपाली काँग्रेसले पनि उनलाई समर्थन गरेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *