२०८१ जेष्ठ ११ गते शुक्रवार

तरुण दलले अग्नि पीडितलाई राहात बाँड्यो

टेकबहादुर पुन

देउखुरी, चैत ३० । नेपाल तरुणदल क्षेत्र नम्बर २ सल्यानले अग्नि पीडितलाई राहत प्रदान गरेको छ ।

क्षेत्रिय सभापति एकराज वलीको अगुवाईमा विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट राहत संकलन गरि ४५ हजार बराबरको खाद्यान्न तथा नगद सहयोग गरेको हो । पीडितको घाउमा थोरै भएपनि मल्हम लगाउने प्रयास गरिएको सभापति वलीले बताए ।

क्षेत्रीय प्रतिनिधि, काँग्रेस नेता तथा अगुवा कार्यकर्ता अग्नि पीडितको घरमा पुगेर राहत हस्तान्तरण गरेका हुन ।

सभापति वली र उपसभापति सन्तोष बुढाथोकीले नगद १५ हजार आर्थिक साहेता गरेका थिए ।

त्यस्तै काँग्रेस तराई मधेश समन्वय बिभागका केन्द्रीय सदस्य दूर्गाबहादुर गिरीबाट ५ हजार, काँग्रेस कपुरकोट गाउँपालिका सभापति मीनबहादुर सेन, कालिका माबि कपुरकोटका प्रधानाध्यापक चुडामणि केसी, जानकी आधारभुत बिद्यालय सिनबाङका प्रधानाध्यापक गोबर्धन शर्मा, शिक्षक डिल्लीकुमार डाँगी, नेपाली सेनाका पूर्व सुबेदार अमरचन्द्र राना, तरुणदल कपुरकोटका सहसचिब अमर ऐरी, नेबिसंघ कपुरकोटका सँयोजक जिवन भण्डारीले समान एक÷एक हजार आर्थिक साहेता गरेका थिए ।

त्यस्तै नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका उपमहासचिब बामदेब अधिकारीले ३ हजार, तरुणदल कपुरकोटका अध्यक्ष कुबेर खत्रीले २ हजार, काँग्रेस कपुरकोट गाउँपालिका प्रबक्ता यज्ञ बोहराले १ हजार १ सय, बीपी बिचार राष्ट्रिय समाज कपुरकोटका अध्यक्ष प्रेमकुमार आचार्य र आधारभुत बिद्यालय क्यूरिनीका प्रधानाध्यापक डिलबहादुर थापाले समान १ हजार ५, काँग्रेस कपुरकोट गाउँपालिकाका सचिब खिमेन्द्र सेन ५ सय, काँग्रेस कपुरकोटका सदस्य शिशिर गिरीले १ हजार १ सय गरि कुल ३६ हजार ६ सय १० रुपंैया नगद हस्तान्तरण गरिएको थियो ।

त्यस्तै बीपी बिचार राष्ट्रिय समाजका सहसचिब कृष्णकुमार धिताल, काँग्रेसका क्रियासिल सदस्य ठाकुरप्रसाद भण्डारी र होटल शिरिसकी सञ्चालिका उमादेबी बुढाथोकीले १÷१ बोरा चामल गरि ३ बोरा चामल प्रदान गरेका थिए ।

त्यसक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य अब्दुल रहमान बाट उपलब्ध ३ सेट कपडापनि पिडितलाई आइतवार बितरण गरिएको तरुणदल क्षेत्रीय उपसभापति सन्तोष बुढाथोकीले जानकारी दिए ।

चैत ६ गते कपुरकोट गाउँपालिका वडा नम्बर २ दानबाङ निवासी शुकबहादुर बुढा, चित्रबहादुर घर्ती र केशर घर्तीको घर आगलागी हुँदा जलेर पूर्ण रुपमा ध्वस्त भएका थिए ।

त्यसपछि ३ घरपरिवार बिस्थापित भइ आफन्तको घरमा श्रणलिदै आएका छन् । राहात पाएपछि पीडित खुसी भएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *