२०८० चैत्र १६ गते शुक्रवार

नेपालमा २४ घण्टामा ३६७ जनामा काेराेना सङ्क्रमण

काठमाण्डौ,चैत २९ । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार २८ पुगेको छ । आइतवार कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक सय ५४ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ४१ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार २७ पुगेको छ । अहिले नेपालमा २९ सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

गएको २४ घण्टामा एक जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ४० पुगेको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *