२०८१ बैशाख ८ गते शनिवार

दाङ चलचित्र छायांकन गर्न उपयुक्त स्थान हो – नायक धिरेन शाक्य


चैत १३ । नायक धिरेन शाक्यले चलचित्र छायाँकनका लागि दाङ उपयुक्त स्थान भएको बताएका छन् । शुक्रवार चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा नायक शाक्य संघ गरेको पत्रकार भेटघाटका क्रममा उनले दाङलाई चलचित्र छायाँकनका लागि अनुपयुक्त ठाउँ भन्न नमिल्ने बताए ।

‘ दाङ प्राकृतिक रुपमा सुन्दर भूगोल छ,’ उनले भने । यद्यपी उनले चलचित्रका लागि हावा पानी, प्रबिधि र छायाँकनका लागि आवश्यक चिजबस्तुको सहज उपलब्धता पनि हुनुपर्छ । नायक नबल खड्काको टिम केही समय पहिले मात्रै लुम्बिनी प्रदेश अन्तरगतका पाल्पा , दाङ लगाएतका जिल्लाहरुमा अवलोकनका लागि आएको हुँदा उनीहरुको प्रतिबेदनका आधारमा चलचित्र छायाँकनले थप गति लिने उनले आशा व्यक्त गरे ।

नायक शाक्य चलचित्र मञ्जिलको छायाँकनका लागि झन्डै १५ दिन पहिले दाङ आएका थिए । उनले आफुले निर्माण गर्न थालेको चलचित्र कोभिड – १९ का कारण प्रभावित भएको बताए । अब कोभिडको अवस्था हेरेर चलचित्रको काम अगाडि बढाउने उनले स्पष्ट पारे ।कार्यक्रम चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिब पुनको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *