२०८१ जेष्ठ १३ गते आइतवार

सगरमाथा सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षहरुलाई नाममा आदेश

तुलसीपुर, चैत ६ । दाङ घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगको प्रदुशन सम्बन्धि छलफलका लागि चैत ९ गते उपस्थित हुन बिपक्षीहरुका नाममा उच्च अदालत तुलसीपुरले आदेश जारी गरेको छ । शुक्रवार उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितको एकल इजलाशले स्थानीय र सिमेन्ट उद्योगका बीचमा भएको संझौता अनुरुप उद्योग र त्यसका छलफलका लागि उपस्थित हुन आदेश गरेको हो ।

२०७२ साल जेठ ३२ गते स्थानीय र उद्योग सञ्चालकका बीचमा धुँवा, धुलो र ध्वनी प्रदुशन नियन्त्रण बारे सम्झौंता भएको थियो । सोही संझौंता अनुसार सञ्चालकलाई धुँवा, धुलो र ध्वनी प्रदुशनका लागि हालसम्म भएका कामका बारेमा सबै बिवरणका लागि उपस्थित हुन आदेश भएको अदालतका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए ।

अदालतले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयलाई बाटोको म्याद बाहेक १५ दिन भित्र निवेदनको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? भन्ने बारेमा उच्च सरकारी वकिलको कार्यालय तुलसीपुर मार्फत उपस्थित हुन आदेशपनि गरेको सूचना अधिकारी भण्डारी बताए ।

जसमा बिपक्षीको माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार वा कारण भए पेश गर्न भनिएको छ ।
त्यस्तै अन्य बिपक्षीहरु जिल्ला समन्वय समितिको कार्यालय र त्यसका प्रमुखका हकमा आँफै वा आफ्नो कानुन व्यवसायी मार्फत लिखित जबाफ पेश गर्न आदेश दिइएको छ ।

शुक्रवारको आदेशमा विपक्षीहरु जिल्ला प्रदुशन नियन्त्रण तथा रोकथामका लागि जिल्लामा वातावरण निरिक्षकहरु नियुक्त गरिएको छ वा छैन ? वाताबरण संरक्षणका लागि जिल्लामा कुनै वातावरणीय संरक्षण समितिहरु गठन भएका छन् वा छैनन् ? भएको भए सो संरक्षण समितिले सो क्षेत्रको वातावरणीय संरक्षणका दृष्टिकोणले भए गरेका काम केही भए सो समेतको प्रतिबेदन पेश गर्न भनिएको छ ।

जसमा बिपक्षी घोराही उपमहानगरपालिका र नगरप्रमुखको तर्फबाट उक्त क्षेत्रमा वाताबरण संरक्षणको लागि हालसम्म भए गरेका काम कारबाहीको सक्कल फाइल प्रतिबेदन पेश गर्न आदेश भएको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

निवेदकको तर्फबाट अधिबक्ता द्धय रबिन्द्रकुमार धिताल र विनु श्रेष्ठले बहस गरेका थिए । उनीहरुको बहस सुनेर निवेदकहरु मध्य बरिष्ठ अधिबक्ता कुमार राज श्रेष्ठ, अधिबक्ताहरु बिकाश आचार्य, मणिराम आचार्य, मुकुन्दबहादुर राना, विश्वजित तिवारी, बशन्त गौतम, बलबहादुर चन्द, लोकबहादुर शाह, सुनिलकुमार श्रेष्ठ र निवेदक भरतराज देवकोटा संग छलफल समेत गरिएको थियो ।

रिट निवेदकले अन्तरिम आदेशको माग गरेको भएपनि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सवालमा चैत ९ गते मात्रै टुंगो लाग्ने भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *