२०८१ जेष्ठ १३ गते आइतवार

अब लगतै नयाँ सरकार बन्छ – बर्षमान पुन

काठमाडौं, चैत ३ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री वर्षमान पुनले अब लगतै नयाँ सरकार बन्ने बताएका छन् । उनले चैत ५ गतेपछि नयाँ सरकार बन्ने दाबी गरेका छन् । त्यो सरकार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर बन्ने उनले बताएका छन् ।

मंगलवार माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरागर्दै नेता पुनले चैत ५ गते जसपाको बैठकको मिति तय भएको र त्यो बैठकपछि नयाँ सरकार बन्ने बताए ।

उक्त बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै कायम राख्ने निर्णय गरेको नेता पुनले जानकारी दिए । त्यस्तै उनले एमालेमा गएका नेताहरूलाई पार्टीमा फर्कन समेत समय प्रदान गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *