देउखुरी, चैत्र १ ।राप्ती गाउँपालिका वडा नं. ७ ले सरस्वती अधारभुत विद्यालय छोट्की सिसहनियाका विद्यार्थीलाई विद्यलाय पोशाक वितरण गरेको छ । विद्यालय प्रतिको मोह बढाउदै शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयका सबै विद्यार्थीलाई एक सेट पोशाक वितरण गरिएको छ ।
पोशक वितरण कार्यक्रम पछि सम्वोधन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले विद्यार्थीको उज्वल भविश्य निर्माणमा अभिभावक, शिक्षक तथा सरकारको महत्वपूर्ण भुमिका हुनुपर्ने बताए ।
वडा कार्यालयकोका बार्षिक कार्यक्रम अन्तरगत विद्यालयहरुका बावबालिकालाई सरकारी बिद्यालयमा शिक्षाको आकर्षण बढाउन पोशाक प्रदान गरिएको वडा अध्यक्ष विद्याशरण चौधरीले बताए ।
यो नै वडा नं. ७ को एक मात्रै विद्यालय हो ।जहाँ सय ८४ विद्यार्थी अध्यनरत रहेको शिक्षा शाखा संयोजक विशस विकले बताए ।
प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार