२०८१ बैशाख ७ गते शुक्रवार

सरकारमा जाने बारे हामी उचित समयमा उचित निर्णय गर्छौं : काँग्रेस प्रमुख सेचतक खाण

तुलसीपुर, २९ फागुन । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले नेपाली काँग्रेसले सरकारमा जाने बारे उचित समयमा उचित निर्णय गर्ने बताएका छन् ।नेपाल प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार समेलनमा काँग्रेस केन्द्रीय सदस्य खाणले सबै दलहरु संग काँग्रेसले सम्वाद गरिरहेको भएपनि अझैं काँग्रेसले सरकारको नेतृत्व लिनेबारे अग्रसरता नलिने तर्क गरे ।

नेतृत्व लिने बारेमा काँग्रेसले एक मतले निर्णय गरिसकेको हुँदा पार्टीले नेतृत्व लिनुपर्छ भन्ने बारेमा कुनै समस्या नरहेको भएपनि उचित समयमा मात्रै काँग्रेसले उचित निर्णय लिने उनको भनाइ थियो । ‘अहिल तत्कालै सरकार परिवर्तनका लागि हामी धेरै उत्शुक छैनौं,’ खाणले भने ‘ तर, अब अबस्यपनि सत्ताका बारेमा नयाँ समिकरण बन्ने छ, त्यो नभई राज्यले निकाश पाउन सक्दैन ।’

काँग्रेस सबै भन्दा पुरानो र लोकतान्तित्रक पार्टी भएको नाताले सबै पार्टीहरुको अभिभावकत्व लिनुपर्ने हुँदा समय अलि परिपक्व भएपछि मात्रै काँग्रेसले सरकारबारे निर्णय लिने उनले बताए ।

‘नेपाली काँग्रेस संसदीय अभ्यास र लोकतान्त्रिक मुल्य पद्धतिका प्रति पूर्ण प्रतिबद्ध पार्टी हो,’ खाणले भने ‘ काँग्रेसले सबै पार्टीहरुलाई लोकतान्त्रिक मुल धारमा ल्याउन अभिभावकत्व लिनु पर्छ ।’

काँग्रेसलाई सरकारमा जाने कुनै हतार नभएको भन्दै उनले काँग्रेसको पहिलो मान्यता संविधान र नागरिकको जीवन रक्षा गर्नु हुने उनले तर्क गरे । प्रधानमन्त्रीले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्दामा सार्वोच्च अदालतले संविधान सम्मत रुपमा न्याय गरेको भन्दै काँग्रेसले त्यसको स्वागत गरेको उनले बताए ।

‘प्रधानमन्त्रीले मार्ग प्रसस्त गरेमा अहिलेको कोष करेक्सन हुन्छ यदि गर्नुभएन भने उहाँलाई नै घाटा हुने छ । उहाँको चरित्र उदांगो हुने छ ,’ नेता खाणले भने । प्रधानमन्त्रीले कोभिड– १९ बाट आक्रान्त जनतालाई राहत हुने काम भन्दा तानाशाही बन्न अध्यादेश ल्याउने गरेको भन्दै रोष प्रकट गरे ।

प्रधानमन्त्री उखान टुकाले देश चलाउन तल्लिन रहेको भन्दै मानिसको जीवन रक्षा,भोको पेट, नाङगो शरिर उखान टुकाले नभरिने हुँदा प्रधानमन्त्रीलाई गम्भीर बन्न आग्रह गरे । अहिले रक्षक नै भक्षक भएको भन्दै नेता खाणले संविधानको रक्षा गर्नुपर्ने प्रधानमन्त्रीले आफैं संविधानको गला रेट्ने काम गरेको तर्क गरे ।

प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण युनियनका जिल्ला सचिव आरके सितले गरेका हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *