२०८३ बैशाख १३ गते आइतवार

टरिगाउँ एयरपोर्ट र आयल निगम बीच जग्गा भाडामा दिने सहमति पत्रमा हस्ताक्षर

तुलसीपुर,फागुन २८ ।दाङको तुलसीपुर स्थित टरिगाँउ बिमान स्थलमा हवाई इन्धन डिपो निमार्णका लागि नागरिक उडड्यन कार्यालय र नेपाल आयल निगमलाई जग्गा भाडाँमा दिने बारे सहमित पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रवार बिमान स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि नागरिक उडड्यन कार्यालय तुलसीपुरका प्रमुख कैलाश शर्मा र नेपाल आयल निगमका प्रमुख सुजित पोख्रेल बीच निगमलाई ५ कठ्ठा जग्गा भाडामा दिने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

इन्धन डिपो निमार्णका लागि आयल निगमले जग्गा मागेपछि दाङ एयरपोर्टले आफ्नो ५ कठ्ठा जग्गा तत्कालका लागि भाडामा दिने सहमति गरेसंगै इन्धन डिपो स्थपाना हुने निश्चित जस्तै भएको छ । सम्झौता पत्रमा प्रत्येक वर्षमा सम्झौता नविकरण गर्नुपर्ने उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर भएकै दिनदेखि नै लागु हुनेगरि तोकिए बमोजिम जग्गाको भाडा बुझाउने सर्त रहेको दाङ एयरपोर्टका प्रमुख शर्माले जानकारी दिए ।

जग्गा सम्झौसंगै अब छिट्टै इन्धन डिपो निमार्णको काम अगाडि बढ्ने नेपाल आयल निगमका तुलसीपुर प्रमुख सुजित पोख्रेलले जानकारी दिए । ‘ढिलोमा हप्ता दिन भित्रै हामी काम सुरु गर्छौं,’ उनले भने ‘ इन्धन डिपो निर्माण स्थलका रुख विरुवा पनि काट्नु पर्ने छ ।’

यस अघि इन्धन डिपो निमार्ण गर्ने कुरा हुँदै आएको भएपनि निर्माण स्थल र जग्गाको टुँगो लागेको थिएन ।पोखरेलले भने ‘अब भने जग्गा पनि भयो र अब बिज्ञ टोलीहरु आएर तत्कालै काम सुरु गर्ने छौँ ।’

त्यस्तै नेपाल बायुसेवा निगम दाङ स्टेसन प्रमुख नेमकान्त लम्सालले इन्धन डिपोको लागि हाल ३ वटा ट्याङ्की निमार्ण गरिने र प्रति ट्याङ्कीको क्षमता ७० हजार लिटरको हुने बताए ।

‘अहिलेको अवस्था हेर्दा दाङ एयरपोर्टमा महिनामा ३० हजार इन्धन खपत हुने देखिन्छ,’ उनले भने,‘तर बिहान र बेलुका फ्लाइट भयो र यहाँबाट हवाई मार्ग बिस्तार गर्न सक्यौँ भने क्रमश बढ्दै जाने सम्भावना छ ।’

यही फागुनदेखि हप्तामा दैनिक उडानहरु भइरहेका छन् । अहिले दाङबाट काठमाडौं जाने हवाई भाडा दुई खाले छ । सुरुमा काट्ने र पछि टिकेट काट्ने व्यक्तिलाई भाडामा फरक रहेको छ ।

एउटै प्लेनको एकै ठाउँ जाने भाडा ६ हजार २ सय ७० रुपैया र ८ हजार ६ सय कायम गरिएको छ ।सानो जहाजबाट यात्रुलाई सेवा पु¥याउने मुख्य उद्देश्यका साथ भाडा दर फरक पर्ने गरेको लम्सालले बताए ।

सिट संख्या थपेपछि भाडामा कमि आउने उनले श्विास गरे । ‘बजेट अभावका कारण बिमान स्थलको पुर्वाधारहरु काम चलाउ मात्र छ,’ दाङ एयरपोर्ट प्रमुख शर्माल भने ‘अब सबै मिलेर एर्यरपोर्टको बिकाशका लागि जुट्न जरुरी छ ।’उनले हाल टावरमा एयर कन्ट्रोलरका लागि आधुनिक र डिजिटल प्रबिधि जडान गर्न लागिएको बताए ।

सबै तस्विर : राजेश खत्री 

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *