२०८१ फाल्गुन ६ गते मङ्गलवार

एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं,फागुन २६ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ ।

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्यरअनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ ।
जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

\जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने बोर्डले जनाएको छ ।

जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ ।

सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *