२०८१ बैशाख ८ गते शनिवार

सिसहनिया उवासंघका नयाँ पदाधिकारीको सपथ


तिर्थराज ज्ञवाली
सिसहनिया (दाङ) १ पुस ।
गत मंसिर २२ गते सम्पन्न सिसहनिया उद्योग वाणिज्य संघ सिसहनियाको चौथो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारीको सपथ ग्रहण गर्ने कार्य सम्पन्न भएको छ ।

निर्वाचन मण्डलका संयोजक अनुपम योगीले निर्वाचित अध्यक्ष शान्तराज भण्डारीलाई र अन्य पदाधिकारीलाई अध्यक्ष शान्तराज भण्डारीले सपथ गराएका छन् । ब्यापारी तथा ग्राहकको हितमा लाग्ने प्रतिवद्धतासहित उद्योग वाणिय महासंघ तथा सिसहनिया उद्योग वाणिज्य संघ सिसहनियाको विधानमा उल्लेख शब्द उच्चारण गरेर सपथ लिइएको छ ।

सिसहनिया उद्योग वाणिज्य संघ सिसहनियाको वर्तमान कार्यसमितिमा शान्तराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार अध्यक्षबाहेक अन्य पदमा विवाद भएपछि आइतबार बसेको बैठकले नयाँ नेतृत्व पाएको हो ।

नवगठित संघको उद्योग उपाध्यक्षमा युवराज सिंह, वाणिज्य उपाध्यक्षमा सत्यनारायण चौधरी, महासचिवमा ईश्वरीप्रसाद अधिकारी, सचिवमा मदन पोख्रेल, कोषाध्यक्षमा भिमबहादुर चौधरी रहेका छन् । त्यस्तै अन्य सदस्यहरूमा भरतप्रसाद पाण्डे, सनिप ज्ञवाली, जिवराज भट्टराई, किसिमलाल चौधरी, गिरबहादुर ज्ञवाली र निमराज चौधरी रहेका छन् ।

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *