२०७८ बैशाख ४ गते शनिवार

त्रिशूली नदीमा ट्रक खस्दा चालक र सहचालकको मृत्यु

धादिङ,फागुन २५ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ ।

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *