२०८१ चैत्र १३ गते बुधवार

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन हुने

काठमाडौं, फागुन २५ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानेको छ ।आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।

गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *