२०८१ चैत्र ६ गते बुधवार

प्रचण्ड–नेपाल समुहका नेताहरु निर्वाचन आयोग फेरि पुगे

काठमाडौं, फागुन २१ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगलाई लिखित रूपमै आफूलाई मान्यता दिन किन ढिलाइ गरेको भन्दै प्रश्न गरेको छ।

शुक्रबार दिउँसो निर्वाचन आयोगको कान्तिपथ कार्यालय पुगेर उक्त सुमहका नेताहरुले बहुमतबाटै सबै प्रक्रिया पूरा गर्दा पनि निर्वाचन आयोगले किन मान्यता नदिएको हो भन्दै असन्तुष्टि पोखेका छन् ।

नेताहरुको प्रश्न पछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आइतबारदेखि उक्त बिषयमा छलफल थाल्ने अवगत गराएको नेताहरुले बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको भएपनि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *