२०८१ बैशाख ६ गते बिहिवार

साढे ३ करोड रुपैंया खर्चेर पुरन्धारा झरना क्षेत्रमा पूर्वाधार निर्माण गरिदै

हापुरे, फागुन ११ । दाङको चर्चित पर्यटकीय क्षेत्र पुरन्धारा झरनाको बिकास गर्न साढे ३ करोड रकम प्राप्त भएको छ ।झरनाको बिकासका लागि पहिलो चरणमा पर्यटन मन्त्रालय मार्फत चालु आर्थिक बर्षमा ३ करोड ५० लाख बजेट प्राप्त भएको छ ।त्यस्तै बबई गाउँपालिकाले त्यसमा १ करोड ५० लाख थपेर ५ करोड बजेटको ब्यबस्था गरिएको छ ।

झरना बिकासको लागि तयार पारिएको गुरुयोजनामा भने ९ करोड ९१ लाख २९ हजार ५४७ रुपैंया लाग्ने अनुमान गरिएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले गुरु योजना अनुसार पहिलो चरणमा मुख्य गेट, बसपार्क, पार्क, चिल्ड्रेन पार्क, प्रतिक्षालय, शौचालय, मन्दिर, पसलका लागि सटर, पानीको ब्यबस्थापनका लागि संरचनाहरु निर्माण गर्न लागिएको जानकारी दिए ।

सरोकारवाला संग छलफल
यसैबिषयमा बबई गाउँपालिकाले मंगलवार सरोकारवालासंग छलफल गरेको छ । ‘आर्थिक समृद्धिमा बबईको आधार, पर्यटकीय क्षेत्र पुरन्धारा झरनाको पूर्बाधार’ भन्ने नारा तय गरि छलफल भएको हो ।

छलफलका सहभागिहरुले पुरन्धारा झरनाको बिकास गर्दा पुराना संचरना नबिग्रने गरेर बिकाश गर्नुपर्ने सुझाब दिएका छन् ।
बिकासका नाममा पुराना संचरनामा असर नपर्ने गरी काम गर्न सहभागीहरुले बताएका हुन् ।

स्थानीयले झरनास्थलमा शान्ति सुरक्षाको राम्रो प्रबन्ध मिलाउनु पर्ने, पिउने पानीको ब्यबस्था, सडकको समेत राम्रो पहुँच हुनुपर्ने राय राखेका थिए ।पानीको मुहान संरक्षणमा बिशेष चासो दिन आग्रह गर्दै उनीहरुले त्यसका लागि झरना वरपर रहेको बन क्षेत्रलाई संरक्षण गर्नु जरुरी रहेको बताए ।

कार्यक्रममा स्थानीय पुर्णबहादुर केसी, डिभीजन वन कार्यालय दाङका प्रमुख बिजयराज सुबेदी लगाएतले वरपरको सरफाई र वन जंगल संरक्षणमा बिशेष ध्यान दिन सुझाए ।

गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य जक्तबहादुर बस्नेत, बबई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर वली, नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश सदस्य भिमबहादुर वली, नेपाली काँग्रेसका इकाई सभापति बलबहादुर बुढा क्षेत्री, जनता समाजबादी पार्टीका आइतराम कामीले धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *