काठमाडौं, फागुन १० । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भए लगतै पुनः पक्राउ परेका छन् ।सोमवार बेलुका सर्वौच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले बाँस्तोलालाई अदालतको गेटबाटै पक्राउ गरेको हो ।
सरकार र बिप्लव समुहका बीचमा वार्ताको चर्चा चलिरहेको समयमा बाँँस्तोलाई अदालतले छोड्न आदेश दिएपनि गेटबाटै पक्राउ गर्नुलाई राजनीतिक बृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हालसालै बिप्लवसंग वार्ता हुन थालेको प्रशंग सार्वजनिक गरेका थिए ।
अनिमा बाँस्तोला भण्डारीले सर्वोच्च अदालतमा धर्मेन्द्र बाँस्तोलालाई बिना कारण थुनामा रार्खिको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन । त्यसैमाथि सुनुवाई गर्दैै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले उनलार्य रिहा गर्ने आदेश दिएको थियो ।
पक्राउ पछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पु¥याइएको छ । बाँस्तोला केही समय पहिले ललितपुरबाट पक्राउ परेका थिए ।