२०७७ फाल्गुन २४ गते सोमवार

रुकुम पश्चिममा ओली पक्षले पार्टी कार्यालय तालाबन्दी ग¥यो

दाङ,फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षले रुकुम पश्चिमस्थित पार्टी कार्यालयमा शनिवार तालाबन्दी गरेको छ । सदरमुकाम खलंगास्थित बागबजारमा रहेको मदन आश्रित भनवमा तालाबन्दी गरिएको उक्त पक्षले जानकारी दिएको छ ।

अनेरास्वबियु केन्द्रीय कमिटी सदस्य ओमप्रशाद आचार्यले पूर्व एमाले पार्टीका नेता, युवा र बिद्यार्थी संगठन मिलेर दिउँसो तालाबन्दी गरेको जानकारी दिए ।

पार्टी कार्यालयको नाम पूर्व एमालेका नेता मदन आश्रितको नामबाट नामांकरण गरिएको हुँदा पार्टी कार्यालय आफुहरुको हुने तथा पूर्व माओवादी प्रचण्डको त्यसमा कुनै हक अधिकार नरहेको आचार्यले दाबी गरे ।

आचार्यले आफुहरुको बैठक बसिरहेको समयमा प्रचण्ड– नेपाल समुहले अबरोध सृजना गर्न खोजेको तथा आफुहरुलाई उत्तेजित पारेर मुठभेड निम्त्याउन खोजेको आरोप पनि लगाए ।

यसबारे प्रचण्ड– नेपाल पक्षबाट भने कुनैपनि प्रतिक्रिया आएको छैन । त्यस्तै आचार्यले शनिवार नै जिल्ला कमिटी बिस्तार गरिएको तथा जिल्ला अध्यक्ष चयन गरिएको पनि जानकारी दिए । पार्टी कार्यालयमा प्रहरी खटाएको छु – डिएसपी श्रेष्ठ

घटनाबारे जिल्ला प्रहरी प्रमुख डिएसपी धुर्बकुमार श्रेष्ठले संभावित झडप हुन नपावस भनेर बेलुका पनि पार्टी कार्यालयमा सशस्त्र प्रहरी र प्रहरी खटाएको जानकारी दिएका छन् । ओली पक्षले लगाएको ताला बेलुकी पख प्रचण्ड– नेपाल समुहले तोडेपछि मुडभेड हुन सक्ने आशंकामा ब्यापक रुपमा सुरक्षाकर्मी खटाएको श्रेष्ठले जानकारी दिए ।

‘ उहाँहरु दूई पक्षका बीचमा बैठक बस्ने सवालमा बिबाद भएको हो,’ डिएसपी श्रेष्ठले भने ‘ दिनभर प्रहरीले संझाई बुझाई गरेर दुबै पक्षलाई शान्त पार्न भूमिका खेलको थियो ।’डिएसपी श्रेष्ठका अनुसार यसअघि पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समुहले ताला लगाउँदै आएको थियो । तर, शनिवार दिउँसो त्यो ठाउँमा ओली पक्षले ताला लगाएपछि बिबाद सृजना भएको उनले जानकारी दिए ।

दुबै पक्षले पार्टी कार्यालयमाथि आ–आफ्नो दाबी गरेपछि मुडभेडको स्थिति आउन सक्ने भन्दै सर्वसाधारणले चिन्ता जाहेर गरेको हुँदा सुरक्षाकर्मी परिचालन गर्नु परेको डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *