२०७७ फाल्गुन २० गते बिहिवार

मेट्रो कलेज तुलसीपुरको प्रतिष्ठा : नगरप्रमुख पाण्डे


तुलसीपुर, फागुन ५ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेज तुलसीपुरको प्रतिष्ठा भएको नगरप्रमुख घनश्याम पाण्डेले बताएका छन् । नवआगन्तुक विद्यार्थीहरुलाई स्वागतमा आयोजित कार्यक्रममा बुधवार उनले प्राविधिक शिक्षाको केन्द्रको रुपमा कलेजको बिकाश गरिने बताए ।

नगरप्रमुख पाण्डेले कानुन पढ्न विभिन्न भागबाट विद्यार्थीहरु आउन थालेको बताए । किताबीज्ञानसँगै विद्यार्थीहरुमा केही नयाँ सीप सिकाउने अभियान स्वरुप प्राविधिक शिक्षालय स्थापना गरिएको उनले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *