देउखुरी, फागुन ३ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरिएको छ । असोज ३ गते प्रदेश सरकारले उनीहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो । बुद्ध शान्ति पदकबाट आचार्य डा. भिक्षु अमृतानन्दलाई मरणोपरान्त विभुषित गरिएको छ ।
प्रदेश प्रमुख जनसेवा पदकबाट गुम्राह थारुलाई मरणोपरान्त विभुषित गरिएको छ । यस्तै प्रदेश प्रमुख जसेवा पदकबाट खगुलाल गुरुङ, तेजमान घर्ती(मरणोपरान्त), धनमाया श्रेष्ठ(मरणोपरान्त), केवल गाहामगर(मरणोपरान्त), कृष्ण थारु(वेपत्ता) पदकबाट विभुषित गरिएको छ । मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट दाङका माणिकलाल गौतमलाई प्रदान गरिएको छ । त्यस्तै सोही पदकबाट चिनियालाल बज्राचार्य, दयाराज बस्याल(मरणोपरान्त), मनोज चौधरी(घाईते)लाई विभुषित गरिएको छ ।
प्रदेश सेवा समर्पण पदकबाट डाक्टर राजेन्द्रप्रसाद खनाल, डा. सुमित प्रजापती, उत्तम पच्या, बसुन्धरा ज्ञवाली गौतम, ध्रब धिताल, विमला रोका श्रेष्ठ, सुमितकुमार ग्रहरी, विष्णु आचार्य, प्रेमबहादुर गौतम, लक्ष्मण पन्थी, आयुस्मा अर्याल, योगेन्द्रनाथ उपाध्याय, अभयकुमरा झालाई विभुषित गरिएको छ ।
त्यस्तै उजिरसिंह दिप पदकबाट डिलबहादुर सिंजाली मगर, फुलेराम थारु, प्रभु सुनार, समाजसेवी श्री पदकबाट माधव अधिकारी, अर्जुन ज्ञवाली, रोमहर्ष धिताल, डा. चित्रप्रसाल वाग्ले(मरणोपरान्त), खिमलाल पोख्रेल, विनय पोख्रेल, पवित्रा पौडेल, प्रभा पौडेल, सरिता खनाल, आशा अपांग केन्द्रलाई विभुषण गरिएको छ ।प्रदेश रत्नपदकबाट लोकेन्द्र विष्ट मगरलाई विभुषण गरिएको छ ।
त्यस्तै सोही पदकबाट प्रदेश रत्न पदकबाट लक्ष्मीप्रसाद पुन, अर्घाखाँची सिमेन्ट प्राली, सगुन कन्स्ट्रक्सन, मार्सल रोका, भोजराज रेग्मी, पुरमल बस्नेतलाई विभुषित गरिएको छ । पुजा श्री पदकबाट सिद्धार्थ विजनेश गु्रप अप हस्पिटालिटी, बुलबुले थारु पाहुना घर, जैविक होमस्टे डल्लालाई विभुषीत गरिएको छ । प्रदेश प्रज्ञा पदकबाट नारायणसिंह गुरुङ, धवल पुस्तकालयलाई विभुषित गरिएको छ ।
प्रजापती गौतमी पदकबाट चुन्नुमायाँ गुरुङ(मरणोपरान्त), पूर्णमाया महर्जन, रितासेन ओली, त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगलाई विभुषित गरिएको छ । दंगिशरण बलिहाङ्ग पदकबाट बुदराना(लोकबहादुर राना मगर), श्यामनन्द सिंह, गोरन चौधरी(मरणोपरान्त), मोहम्मद ईलिहात खाँलाई विभुषित गरिएको छ ।