तुलसीपुर, फागुन २ । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा रामप्रशाद चालिसे निर्वाचित भएका छन् । संघका यसअघिका बरिष्ठ उपाध्यक्ष चालिसे ३४ मत बढी प्राप्त गरि बिजयी भएका हुन ।
आइतबार बिहान प्राप्त मत परिनाम अनुसार चालिसेले ८ सय २९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी टेकनप्रशाद बस्नेत (हिमाल) ले ७ सय ९५ मत प्राप्त गरेका थिए ।
चालिसेलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तरगत बामपन्थी प्यानलले उम्मेदवार बनाएको थियो भने बस्नेतलाई नेपाली काँग्रेस निटक प्रजातान्त्रिक प्यानलले उम्मेदवार बनाएको थियो ।
त्यस्तै निर्वाचन अन्तरगत उद्योग उपाध्यक्षमा काँग्रेस निकट प्रजातान्त्रिक प्यानलका ललित जंग शाह बिजयी भएका छन् ।
शाहले ८ सय ६० र उनका प्रतिद्धन्दी यज्ञबहादुर केसीले ७ सय १८ मत प्राप्त गरेका छन् ।
बाणिज्य उपाध्यक्षमा बापमन्थी प्यानलका मिनराज भण्डारी ९ सय ७१ र प्रतिद्धन्दी प्रजातान्त्रिक प्यानलका गोकर्ण गिरीले ६ सय ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुल्ला उपाध्यक्षमा बामपन्थी प्यानलकै रुपबहादुर खत्री ८ सय ५६ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका प्रतिपर्धी प्रजातान्त्रिक प्यानलका तुलसीराम न्यौंपानेले ६ सय ९२ मत प्राप्त गरेका छन् । खत्री यसअघि संघको महासचिव थिए ।
निर्वाचन समितिका अनुसार महासचिव पदमा प्रजातान्त्रिक प्यानलका बिनिल केसी लोकप्रिय मत प्राप्त गरि निर्वाचित भएका छन् ।
यसअघिका सचिव केसीले १ हजार ५० मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी केशब केसीले ५ सय ७ मत प्राप्त गरेका थिए ।
त्यस्तै संघको सचिवमा खुशलराम शर्मा निर्वाचित भएका छन् । यो पदमा चार जनका बीचमा प्रतिपर्धा भएको थियो ।
निर्वाचित शर्माले ६ सय २२ मत प्राप्त गरेका थिए । अन्य प्रतिपर्धी मध्य बेदप्रशाद वलीले ३ सय २७, सपना बस्नेतले ३ सय १३ र दूर्गाप्रशाद भण्डारीले १ सय ६१ मत प्राप्त गरेका थिए ।
त्यस्तै कोषाध्यक्ष पदमा नेपाली काँग्रेसकै भएपछि स्वतन्त्र उम्मेदवारी दिएका देबबहादुर केसी सर्वाधिक लोकप्रिय मत ल्याएर निर्वाचित भएका छन् । उनले १ हजार ५५ मत प्राप्त गरेका छन् ।
उनका प्रतिपर्धी प्रजातान्त्रिक प्यानलका डिलबहादुर वलीले ४ सय ६८ मत प्राप्त गरेका छन् । पदाधिकारी मध्य सहकोषाध्यक्ष पदमा प्रजातान्त्रिक प्यानलका कमल गौतम ७ सय ३३ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी टेकप्रशाद केसी ५ सय ३२ र उम्मेदवारी फिर्ता लिएपनि प्रजातान्त्रिक प्यानकाल हेमेन्द्र खड्काले २ सय मत प्राप्त गरेको निर्वाचन संयोजक प्रबिण लम्सालले जानकारी दिए ।
अबको केही बेरमै सदस्यहरुको नतिजा पनि सार्वजनिक हुने छ ।
कुल १ हजार ८ सय ११ मतदाता मध्य १ हजार ६ सय ५९ मत खेसेको थियो । उंघको नयाँ नेतृत्व चुन्न शनिवार मतदान भएको थियो ।