तुलसीपुर, फागुन १ । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्न भएको मतदानको मतगणना सुरु भएको छ ।
बाणिज्य संघको सभाहलमा राति १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रबिण लम्सालले जानकारी दिए ।
नयाँ नेतृत्व चुन्नका लागि कुल १ हजार ८ सय ११ मतदाता मध्य १ हजार ६ सय ५९ जनाले मतदान गरेका थिए । लम्सालका अनुसार १ सय ५२ मतदाता भने अनुपस्थित रहेका थिए ।
नयाँ नेतृत्व चयनका लागि सुरुमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्मको समय निर्धारण गरिएको थियो । समय अपुग भएपछि पुन ः डेढ घन्टा समय बढाएर बेलुका साढे ५ बजेसम्म मतदानको समय थपिएको थियो ।
साढे ५ बजेभित्र लाइनमा बसेकाहरुलाई बेलुका करिब ७ बजेसम्म मतदान गर्ने अवसर प्रदान गरिएको थियो ।
संघको नयाँ नेतृत्वको लागि पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) र संघका हालका बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेका बीचमा अध्यक्ष पदका लागि भिडेका छन् ।
बस्नेतलाई नेपाली काँग्रेस र चालिसेलाई नेपाल कम्युष्टि पार्टी (नेकपा)ले उम्मेदवारीका रुपमा प्रस्तुत गरेको थियो । यी दूईको नेतृत्वमा दूई पार्टीले उम्मेदवार मैदानमा उतारेका छन् ।
यद्यपी स्वतन्त्र रुपमा पनि महासचिव, कोषाध्यक्ष र सदस्य पदमा पनि छुट्टै उम्मेदवारी परेको छ । निर्वाचनको अन्तिम परिनाम आइतबार बिहान सम्म आउने अपेक्षा गरिएको छ ।