२०८१ जेष्ठ १६ गते बुधवार

काँग्रेस महामन्त्री कोईराला बिरोधसभालाई सम्बोधन गर्न दाङ आउने 

तुलसीपुर, फागुन १ ।  नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला फागुन ३ गते दाङ आउने भएका छन् । प्रतिगमनका बिरुद्ध पार्टीले आयोजना गरेको बिरोधसभालाई सम्वोधन गर्न महामन्त्री कोईराला दाङ आउने लागेको काँग्रेस दाङका सचिव शंकर डाँगीले फरककोणलाई बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीपनि दाङ आउने भएका छन् । ‘उहाँहरु फागुन २ गते नै दाङ आइपुग्ने कार्यक्रम छ,’ सचिव डाँगीले भने ‘ प्रतिगमन बिरुद्ध दाङ काँग्रेस बृहत पर्दशन गर्ने तयारीमा छ ।’

 पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधिसभा भंग गरेपछि त्यसको बिरोधमा देशव्यापी रुपमा पर्दशनहरु भइरहेका छन् ।नेपाली काँग्रेसले पनि त्यसको बिरुद्ध फागुन ३ गते देशव्यापी रुपमा पर्दशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *