२०८१ जेष्ठ ८ गते मङ्गलवार

तुलसीपुर उवासघंमा बस्नेत कि चालिसे ?

कस्ले मार्ला बाजी ?

दाङको तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही फागुन १ गते निर्वाचन हुदैछ ।नेतृत्वका लागि नेपाली काँग्रेस निकट प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा टेकनप्रसाद बस्नेत (हिमाल) र बामपन्थी प्यानलबाट रामप्रसाद चालिसे प्रतिपर्धामा उत्रिएका छन् ।

नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरु मतदातासंग भोट माग्दै घरदैलो गरिरहेका छन् ।यसै विषयमा आधारित रहेर प्रमुख मानिने पदका उम्मेदवारहरु संग गरिएको कुराकानीको संपादित अंश प्रस्तुत गरेका छौँ ।

व्यापारिक हक हित र सुरक्षाका लागि मेरो उम्मेदवारी

१– टेकनप्रसाद बस्नेत(हिमाल)
अध्यक्ष पदका उमेदवार
प्रजातान्त्रिक प्यानल
यहाँका उद्योगी व्यापारी साथीहरु अहिले पनि विभिन्न समस्याहरु झेल्न बाध्य हुनुहुन्छ । सम्रग उद्योग,व्यवसाय सञ्चालनमा देखिएको समस्याहरुको समाधानका लागि मेरो उम्मेदवारी हो ।यस क्षेत्रका सम्पुर्ण व्यापारीहरुलाई एकिकृत गराउदै म विगत लामो समयदेखि यहाँका व्यापारीहरुको सुख दुःखमा साथ दिदै आएको छु ।

पछिल्लो समय कोरोना महामारीका कारण पनि व्यवसायीहरु झनै मारमा परेका छन ।यस्तो अवस्थामा विस्थापित हुन पुगेका व्यवसायिलाई स्थापित गराउन म र मेरो प्यानलको मुख्य भूमिका हुनेछ ।

हाम्रो प्यानलको उम्मेदवारी भनेको व्यवसायिक समृद्धिका लागि हो । म निर्वाचन पछि यस क्षेत्रको उद्योग,व्यवसाय प्रर्वद्धनका लागि बनेका विभिन्न किसिमका रणनीतिक योजनालाई कार्यान्यवनमा ल्याउन पहल गर्नेछु ।

पहिले पनि नेतृत्वमा बसेर काम गरेको हुदाँ थुप्रै अनुभव संगालेको छु । म यहाँसम्म आउनुमा व्यापारी साथीहरुको ठूलो हात छ । अहिले पनि उहाँहरुकै साथ सहयोगले चुनावी मैदानमा उत्रिएको छु । यस क्षेत्रका व्यापारीहरुले म र हाम्रो प्यानल माथि थुप्रै आशा र अपेक्षा गर्नुभएको छ । मेरो उम्मेदवारीपनि यस क्षेत्रका व्यापारीको हक हित र सुरक्षाको लागि हो ।

आस्थाको हिसावले जुनसुकै पार्टीमा आवद्ध भएपनि तुलसीपुर उद्योग वाणिज्य सघं सबैको साझा संस्था भएकोले सबैलाई समान व्यवहार हुनेछ । जसका लागि हामी व्यवसायिक एकता र समान सहभागिता भन्ने उद्देश्यका साथ लागि पर्ने छौं । नेतृत्वमा आइसके पछि यहाँको पार्किङ व्यवस्थापनदेखि तुलसीपुरलाई औधोगिक,व्यवसायिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लाग्ने प्रतिबद्धता जनाउदछु ।

विषेश गरि अहिले बाँकी रहेका कामलाई पूर्णता दिने गरि काम गर्ने योजना अघि बढाउने छु । म आफु उद्योग वाणिज्य सघंको संस्थापक परिवारको सदस्य भएको कारण पनि स–साना व्यवसायिको संरक्षण गर्नेछु । अन्त्यमा,मेरा उद्योगी,व्यापारी सम्पुर्ण साथीहरुलाई म र मेरो सम्पूर्ण टिम प्रजातान्त्रिक प्यानललाई अत्याधिक मतले बिजयी बनाईदिनुहुन आग्रह गर्दछु ।भेटन् र पुग्न नपाएका साथीहरुले समेत यसैलाई आधार मानेर मतदान गर्नु हुन बिशेष अनुरोध छ ।

व्यवसायी साथीहरुको चाहानामा मेरो उम्मेदवारी
२– रामप्रसाद चालिसे
अध्यक्ष पदका उमेदवार
बामपन्थी प्यानल
यत्रतत्र छरिएर रहेका व्यवसायलाई एकीकृत गरी व्यवसायको प्रवद्र्धन गर्नका लागि र सम्पूर्ण व्यवसायिहरुको हकहितका लागि बामपन्थी प्यानलको तर्फबाट अध्यक्ष पदमा मैले उम्मेदवारी परेको हो ।म लामो समयदेखि यहाँका व्यापारीहरुको हकहितका लागि काम गर्दै आएको छु । यस अघि सघंको वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गर्दा विभिन्न किसिमका अप्ठेराहरु समाधानका लागि म कहिलै पछि हेटन ।

त्यही भएर अहिले व्यवसायी साथीहरुको चाहानालाई मध्येनजर गर्दै अध्यक्ष पदका लागि मेरो उम्मेदवारी परेको हो । म नेतृत्वमा पुगेर अझ धेरै व्यवसायिहरुको समस्या समाधान गर्ने कोसिश गर्ने छु ।व्यवसायिको सचेतनाका लागि विभिन्न समयमा प्रशिक्षणात्कम कार्यक्रमहरु गर्ने योजना पनि बनाएको छु ।

अझ विशेष गरि कोरोनाबाट प्रभावित भएका व्यवसायिहरुका लागि बैँक तथा वित्तिय संस्थाहरु संग समन्वय गरेर सर्वशुलभ कर्जा प्रदान गर्ने वातावरणको निमार्ण गर्ने योजना पनि अघि सार्ने छु ।

हाम्रो प्यानल नेतृत्वमा पुगेपछि कुराभन्दा पनि कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । हामीलाई विश्वास छ,सम्पुर्ण साथीहरुले हाम्रो प्यानललाई बिजयी बनाउनु हुनेछ । हामी सबै ठाउँमा पुग्न नसकेपनि यसैलाई आधार मानेर मतदान गर्नु हुन अनुरोध छ ।

 

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *