२०८१ फाल्गुन ६ गते मङ्गलवार

भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न अख्तियारलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाण्डौ,माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्नुपर्ने सुझाव दिएकाम छन ।

आयोगको ३० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा देश र नागरिकलाई शिरमा राखेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्रासबाट मुक्त भएर अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न सुझाव दिए ।

उनले आयोगमा सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाचार छाया नभएको बताए ।

प्रधानमन्त्री ओलीले राज्यका सबै निकायका प्रतिनिधि क्रियाशील भएमा देशको भ्रष्टाचार अन्त्य गर्न सहज हुने विश्वास व्यक्त गरे ।

कानुनको नजरमा सबै बराबर भएकाले दोषीलाई कानुनअनुसार कडा कारबाही हुने उनले बताए ।

आयोगले गरेको सफलता सकारात्मक भए पनि आयोगले दायर गरेको मुद्दा फरक पर्ने गरी दायर गर्न नहुनेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

निर्दोष मान्छेमाथि मुद्दा दायर भएमा त्यसले प्रतिकूल असर पार्ने भन्दै उनले त्यसमा सचेत हुन आयोगलाई सुझाव दिए ।

उनले सञ्चारमाध्यमले पनि कसैलाई जबरजस्ती भ्रष्ट सावित गर्न नहुने बताए ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *