काठमाडौं, माघ २८। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड र नेपालको समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आज प्रदर्शन गर्न लागेको हो ।
उपत्यकाका विभिन्न ठाउँबाट जलुस निकाल्ने तयारी भएको र दिउँसो १२ बजे भृकुटीमण्डपमा विरोध सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
यो समूहको केन्द्रीय सङ्घर्ष समितिले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निस्कने जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै बैशाख १७ र २७ गते चुनावको घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । तर, निर्वाचन आयोगले भने यसलाई मान्यता दिएको छैन ।
प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार