२०८१ चैत्र ९ गते शनिवार

संघमा उम्मेदवारको किचलो मिलाउन काँग्रेसले बुधवार बिहान थप छलफल गर्ने

तुलसीपुर, माघ २७ । तुलसीपुर उद्योग बाणिज्य संघमा उम्मेदवार बारे उत्पन्न किचलो ब्यबस्थापन गर्न नेपाली काँग्रेसको संयन्त्रले बुधवार थप छलफल गर्ने भएको छ ।

मंगलवार दिनभर जसो उम्मेदवारका बीचमा उत्पन्न किचलो ब्यबस्थापनका बारेमा होटल वस्टर्न प्यालेसमा भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको र बुधवार बिहान ८ बजे फेरि थप छलफलमा बस्ने निर्णय भएको एक नेताले फरकोणलाई बताए ।

‘हामीले दुबै पक्षसंग बसेर दुबै पक्षका असन्तुष्टिहरु सुनेका छौं,’ बैठकमा सहभागि एक नेताले भने ‘बुधवार थप छलफल गरि सहमित कायम गर्ने मोटामोटी सहमति भएको छ ।’तुलसीपुर उद्योग बाणिज्य संघमा बुधवार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भएको हुँदापनि काँग्रेस संयन्त्रलाई उत्पन्न किचलो मिलाइसक्ुन पर्ने बाध्यता छ ।

‘धेरै सकारात्मक कोणबाट छलफल भएको छ,’ ती नेताले भने ‘ अब त्यहाँ अलिकति इगो बाँकी छ, हामीले सबैलाई ठन्डा दिमाकले सोचेर आउनुहोस भनेका छौं।’उनले उम्मेदवारी फिर्ता लिने समय समाप्त भएपछि नेपाली काँग्रेसले आफ्नो आधिकारीक उम्मेदवारको नाम लिष्ट सार्वजनिक गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *