घोराही, माघ, २६ । रोटरी क्लव अफ दाङले घोराहीको भरतपुरमा रहेको सरस्वति माध्यमिक विद्यालयलाई सोमबार सहयोग गरेको छ । क्वलले विद्यालयमा कक्षा कोठाको झ्याल, ढोका निर्माण, खानेपानीको स्टिल ट्याङकी, पाइप वायरिङको काम, शुद्ध पिउने पानीको फिल्टर सहित जडान, शौचालय मर्मत र ढोका निर्माणमा सहयोग गरेको हो ।
क्लवका जिल्ला अध्यक्ष डा. चेतनारायण पाण्डेयको अध्यक्षता एंव विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्वलका अन्र्तराष्ट्रिय संघ संस्था समन्वय निर्देशक प्रदिप मज्गैयाले विद्यालयको आवश्यकतालाई ममन गरेर सहयोग गरिएको बताए ।
कार्यक्रममा क्लवका पूर्व जिल्ला अध्यक्षहरु प्रकाश श्रेष्ठ, तिर्थ सन्तोषी, मानसिंह घर्ती, विद्यालय ब्यवस्थापन समिति सदस्य कुलशेखर शर्मा लगाएकाले मनतब्य ब्यक्त गरेका थिए ।
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार