२०८१ जेष्ठ १७ गते बिहिवार

तुलसीपुरमा व्यापारी चुनाब – अक्षक्षमा तीन जनाको उम्मेदवारी

महासचिवमा नेकपाबाट उम्मेदवारी परेन

तस्विर शरद रेग्मी

तुलसीपुर, २५ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ ।नेपाली काँग्रेसबाट पूर्व अध्यक्ष टेकनप्रसाद बस्नेत (हिमाल),नेकपाको तर्फबाट रामप्रसाद चालिसे र संयुक्त व्यावसायिक प्यानलबाट अनुप कुमार श्रेष्ठ (रामु)ले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्बाचन अधिकृत तथा अधिबक्ता प्रविण लम्सालले निर्धारित समयमा आइतबार तीन जनाले उम्मेदवारी दर्ता गरेको बताए । उम्मेदवारले सोमवारसम्म उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै उद्योग उपाध्यक्षमा ललितजंग शाह र यज्ञबहादुर केसीले उम्मेदवारी दिएका छन् । बाणिज्य उपाध्यक्षमा गोकर्ण गिरी, मिनराज भण्डारी, भुपाल रावत र डिल्लीबहादुर वलीको उम्मेदवारी दिएका छन् । डिल्लीबहादुर वलीले एक नम्बरमा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै खुल्ला उपाध्यक्ष तर्फ देबेन्द्रबहादुर केसी, रुप बहादुर खत्री, राजेन्द्रप्रशाद श्रेष्ठ र तुलसीराम न्यौंपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार महासचिवमा भने नेकपाले उम्मेदवारी दिएको छैन । महासचिवमा संघका हालका सचिव विनिल केसी र केशवराज केसीको उम्मेदवारी परेको छ । दुबै नेपाली काँग्रेस निकट हुन । पार्टीकै सल्लाहमा दूई जनाले उम्मेदवारी दिएको र सहमतिमै एकजनाले उम्मेदवारी निकाल्ने एक नेताले फरककोणलाई बताए । ‘हामीले बिनिल केसीलाई नै महासचिवमा उम्मेदवारी बनाउने छौं,’ ती नेताले भने ।

सचिवमा खुसलराम शर्मा, सपना बस्नेत, दुर्गाप्रसाद भण्डारी र बेदप्रसाद वलीले उम्मेदवारी दिएका छन । त्यस्तै कोषाध्यक्षमा डिलबहादुर वली, देबवहादुर केसी, केशवबहादुर वली, पहलबहादुर रोकायको उम्मेदवारी परेको छ । सहकोषाध्यक्षमा हेमेन्द्र खड्का, कमल गौतम रटेकप्रकाश केसीले उम्मेदवारी दिएका छन् ।

सदस्यमा क– कस्को उम्मेदवारी ?
सदस्यहरुमा लिलामणि चौधरी,जनकबहादुर रावत, नबीन राई,दिपेश भण्डारी, रुपेश शर्मा, दूर्गाबहादुर खड्का, कोमल डाँगी, निर्मलकुमार पौडेल, दुर्गाप्रसाद भुसाल,गोपिलाल चौधरी, चक्रप्रकाश नेपाली, डिलाराम बुढाथोकी, पवन केसी, झुपलाल खड्का र बालकृष्ण डाँगीको उम्मेदवारी परेको छ ।

। महिला सदस्य तर्फ यमकुमारी घिमिरे, निलम बस्नेत, नारायणी वली, गंगा खड्का, निर्मला भुषाल र विबी वेगम कवडियाले उम्मेदवारी दिएका छन् । संघको सदस्य सदस्यीय पदाधिकारीको लागि कुल ५० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिले सोमबार उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय छुट्याएको छ ।

सर्बसहमतिको प्रयास जारी
बाणिज्य संघमा सकभर सर्बसहमितमा नेतृत्व चयनका लागि सबै राजनीतिक दल, ब्यापारिक संस्थाहरुले प्रयास गरिने बताएका छन् । यसअघिका अध्यक्ष विमल रिजालले सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको जानकारी दिए ।

त्यो संभव नभए लोकतान्त्रिक बिधिबाट नेतृत्व चयन हुने उनले स्पष्ट पारे । संघको नेतृत्व चुन्न फागुन २८ गते निर्बाचनको मिति तोकिएको छ । त्यसका लागि १ हजार ८ सय ६ जना व्यवसायीले मतदान गर्ने छन् ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *