२०८२ असार ७ गते आइतवार

हिमाल बस्नेत संघमा दोस्रो कार्यकालको रेकर्ड बराबरी गर्ने तयारीमा

कति छन्, काँग्रेसले पठाएका नयाँ अनुहार ?

तुलसीपुर, माघ २५ । नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा यस पटक उम्मेदवार बनाएका टेकनप्रशाद बस्नेत (हिमाल) यसअघि पनि एक कार्यकाल अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरि सकेका ब्यक्ति हुन । बस्नेत ब्यबसायी र युवा ब्यबसायी माझ लोकप्रिय छन् । उनको कार्यकालमा तुलसीपुरमा ब्यापारिक महोत्सब लगाएर तत्कालिन समयमा बन्द रहेको दाङको एक मात्रै टरिगाउँ एयरपोर्ट सञ्चालन र कालोपत्रे गर्नका लागि आर्थिक साहेता संकलन गरिएको थियो ।

हिमाल तुलसीपुर बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतका छोरा हुन । जो तुलसीपुर क्षेत्रकै एक प्रतिष्ठित उद्योगपति हुन । डिल्लीबहादुरले २०४९ सालमा खुबै मेहनत गरि संघ स्थापना गरेका थिए । त्यसैले पनि उनलाई निर्वाचन जित्न सहज रहेको जानकारहरु बताउँछन् ।

तुलसीपुर उद्योग बाणिज्य संघमा हालसम्म एकजना दूई कार्यकाल अध्यक्ष बनेको इतिहास छ । फागुन १ गते हुने निर्वाचनबाट यदी बस्नेत निर्वाचित भएमा बस्नेतले अघिल्ला रेकर्ड बराबरी गर्दै दूई कार्यकाल नेतृत्व गर्ने अध्यक्षको रेकर्ड बनाउने छन् ।

पदाधिकारी मध्य उद्योग उपाध्यक्षका उम्मेदवार ललितजंग शाह यसअघि पनि संघको उपाध्यक्षकै जिम्मेवारी मै थिए । फरासिला स्वभावका शाह छलकपट नभएका व्यक्तिका रुपमा पहिचान बनाएका व्यक्ति हुन ।बाणिज्य उपाध्यक्ष गोकर्णप्रशाद गिरीपनि एक स्थापित र व्यवसायिक व्यबसायी हुन । तर, उनी यसअघि पनि सोही पदमै पराजय बेहोरेका व्यक्ति हुन ।

नेपाली काँग्रेसले खुल्ला उपाध्यक्ष पदमा उम्मेदवार बनाएका देबबहादुर केसी यसअघि सहकोषाध्यक्ष पदको जिम्मेवारी निर्वाह गरि सकेका ब्यक्ति हुन । उनी ब्यबसायिक हक हितका लागि कटिबद्ध भएर लाग्ने ब्यक्ति हुन । ब्यबसायी माझ लोकप्रिय केसी एउटा राम्रो ब्यबसायिक छबि निर्माण गरेका ब्यक्तिका रुपमा चिरपरिचित छन् ।

अहिले संघमा अध्यक्षपछि शक्तिशाली मनिने महासचिव पदका उम्मेदवार बिनिल केसी यसअघि सचिवको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका व्यक्ति हुन । संघ भित्र सबै भन्दा लोकप्रिय र बिद्धान व्यक्तित्वका रुपमा उनको छबि छ ।

पूर्व शिक्षक समेत रहेका केसी राप्ती बबई क्याम्पस सञ्चालक समितिको कोषाध्यक्ष पनि हुन । केसी लगाएको समुह क्याम्पसमा प्रवेश गरेपछि अहिले क्याम्पसले उल्लेखनिय सुधार गर्न सफल भएको प्राध्यापकहरु बताउँछन । केसीकै टिमलिडरसीपमा हाल उद्योग बाणिज्य संघमार्फत यूएसआइडी तयार नेपालको आर्थिक सहयोगमा पर्नुंलाभ परियोजना सञ्चालन भएको छ ।

झन्डै ७७ लाख बढीको यो परियोजनाले धेरैलाई रोजगारी प्रदान गर्नुका साथै आर्थिक साहेता समेत गरेको छ । केसी संघ भित्र सर्बाधिक रुचाइएका उम्मेदवार मानिन्छन् । केसी र उनको सबै टिमलाई निकै लोकप्रिय मानिने पूर्ब अध्यक्ष बिमल रिजालको समेत आर्षिबाद छ । केसी रिजालका भान्जा हुन । काँग्रेसले बाणिज्य संघको सचिव पदमा उम्मेदवार बनाइएका खुलश शर्मा रिजाल अध्यक्ष हुँदा कार्यसमिति सदस्य थिए ।
कोषाध्यक्ष पदका उम्मेदवार दिलबहादुर वली नयाँ अनुहार हुन । त्यस्तै सहकोषाध्यक्ष पदका उम्मेदवार कमल गौतमपनि यसअघि सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन ।

सदस्यमा एक जना बाहेक सबै नयाँ अनुहार
नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा ९९ प्रतिसत नयाँ अनुहार पठाएको छ । काँग्रेसले महिला सदस्य पदकी उम्मेदवार यमुना घिमिरेलाई मात्रै पुनः दोह¥याएर उम्मेदवार बनाएको छ ।

अन्य सदस्यहरुका उम्मेदवारहरु जनक रावत, झुपलाल खड्का, लिलामणि चौधरी, पवन केसी, कृष्ण डाँगी, निलम बस्नेत, प्रमोद सोनी संस्थागत सदस्य र संदिपन रिजाललाई एसोसियट सदस्य सबै नयाँ अनुहार हुन । सबै जोश जाँगरले भरिएका युवा र व्यबसायिका बीचमा लोकप्रिय छबि बनाएका ब्यक्तिहरु हुन ।

काँग्रेसका सबै उम्मेदवारले अत्यधिक बहुमतले चुनाब जित्छन् – जगतबहादुर खड्का
‘समाजमा लोकप्रिय छबि बनाएका नयाँ युवालाई जिम्मेवारी दिएर भविस्यको नेतृत्वको लागि तयार पार्ने हाम्रो उदेश्य हो,’ नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले भने ‘ बाणिज्य संघ भित्र काँग्रेसको स्पष्ट बहुमत छ, काँग्रेसको पुरै टिमले अत्यधिक बहुमतले बिजय हासिल गर्ने छ ।’उनले संघ भित्र झन्डै १२ सय बढी मतदाता नेपाली काँग्रेस समर्थित रहेको हुँदा काँग्रेसका सबै उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्ने दाबी गरे ।

तुलसीपुर उद्योग बाणिज्य संघमा कुल मलतदात १८ सय बढी छन् । ‘ तपाँई आँफै भन्नुहोस १८ सय मतदातामा १२ सय बढी मतदाता नेपाली काँग्रेसकै भए परिनाम के हुन्छ,’ उनले प्रश्न गरे ‘बाँकी बचेका मध्य पुग नपुग दूई सयजति राप्रपाका मतदाता छन् । उहाँहरुको मतपनि काँग्रेसका उम्मेदवारलाई आउने भएपछि कस्ले चुनाब जित्छ भन्ने स्पष्ट छैन र ?’

क्षेत्रीय सभापति खड्काले जित निश्चित भइसकेको हुँदा काँग्रेसका उम्मेदवारलाई धेरै बिभाजित अवस्थामा रहेको नेकपाका मतदाताको समेत मत आउने दाबी गरे ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *