तुलसीपुर, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तुलसीपुर उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालीसेको नेतृत्वमा उम्मेदवारी चयन गरेको छ ।
शुक्रबार तुलसीपुरस्थित वष्टर्न पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि उस्ले सार्वजनिक गरेका अन्य नामहरुमा मध्य खुल्ला उपाध्यक्षमा रुपबहादुर खत्री, बाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी, उद्योग उपाध्यक्षमा यज्ञबहादुर केसी, महासचिबमा नरेशराज भण्डारी, सचिबमा बेदप्रसाद वली, कोषाध्यक्षमा पबित्रा केसी र सहकोषाध्यक्षमा टेकप्रकाश केसी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा शेषकान्त ढकाल, दुर्गा भुषाल, गोपी चौधरी,कमल डाँगी, नबिन राई, चक्रप्रकाश नेपाली, चन्द्रबहादुर वली, निर्मल पौडेल, महिला सदस्यमा निर्मला भुषाल र गंगा वली खड्कालाई उम्मेदवार बनाएको छ । पत्रकार सम्मेलनमा दाङका उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतले नेकपालाई अध्यक्ष दिएमा आफूहरु कांग्रेससंग सहकार्य गर्न तयार रहेको पनि बताएका थिए । यसअघि काँग्रेसले पनि सकभर सर्बसहमतिमै संघको नेतृत्व चयन गर्न लचिलो भएर प्रस्तुत हुने बताइसकेको छ ।