२०८१ असोज २४ गते बिहिवार

कांग्रेस नेतृ संग्रौलाले भेटिन महिला र बालबालिका

 


घोराही, माघ २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले दाङका द्धन्दप्रभावित बालबालिका र हिंसा पीडित महिलासँग भेटघाट गरेकी छन् । नेपाल महिला सामुदायिक सेवा केन्द्रले शिक्षामा लगानी गरेका बालबालिका एवं हिंसा पीडित महिला दिदी बहिनले सञ्चालन गरेको उद्योगमा आवद्ध महिलाहलाई उनले भेटघाट गरेकी हुन ।

उद्योग अवलोकन पछि नेता संग्रौलाले सामाजिक कार्यमा नेपालम महिला सामुदायिक सेवा केन्द्रले गरेको काम पंशसायोग्य भएको बताइन । महिला शसक्तिकरणका लागि केन्द्रले ठूलो लगानी गरेको भन्दै सरकारलाई चुनौति दिन सक्ने कामहरु गरेको तर्क गरिन ।

‘महिलालाई आत्मनिर्भर बनाउन संस्थाले यति काम गर्नु धेरै नै राम्रो हो,’ उनले भनिन् ‘ यो कामले निरन्तरता पाउनु पर्छ ।’ कांग्रेसको राजनीति सामाजिक अभियानमा जोडेर लैजाने रहेको भन्दै उनले सेवा केन्द्रले गरेको कामपनि त्यस्तै भएको उनले बताइन ।

सेवा केन्द्रले सञ्चालन गरेको हरियो बजार, हिंसा पीडित महिलाले सञ्चालन गरेको होजियारी उद्योगको उनले अवलोकन गरेकी हुन । त्यस अवसरमा नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले संस्थाले गरेको कामहरुको बारेमा जानकारी दिइकी थिइन ।

स्थापना कालदेखि नै महिलालाई आत्मनिर्भर बनाउन र झन्डै ८ सय जति बालबालिकालाई शिक्षामा लगानी गरिरहेको उनले बताइन ।

 

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *