२०८१ फाल्गुन ६ गते मङ्गलवार

काँग्रेस सभापति देउवाले म्यानमारकी नेतृ सुकीको रिहाईको माग गरे


दाङ,माघ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न माग गरेका छन् । सोमबार ट्विट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सुकीलाई तुरून्तै रिहा गर्न माग गरेका हुन ।

‘नेतृ सुकीलाई तुरून्तै रिहा गर्न र निर्वाचित सरकारको पुर्नंस्थापना गर्न म्यानमारको सेनालाई आग्रह गर्दछ,’ सभापति देउवाले लेखेका छन् ।

सोमबार बिहानै म्यानमारको सेनाले नेतृ सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरू समेतलाई नियन्त्रणमा लिएर एक वर्षका लागि संकटकाल घोषणासमेत गरेको छ।गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै नेतृ सुकी लगाएतका नेताहरुलाई पक्राउ गर्नु परेको सेनाले दाबी गरेको छ ।

अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा पुगेको सेनाले जनाएको छ । जस्लाई बिश्वको धेरै प्रजातान्त्रिक राष्ट्रहरुले सैनिक ‘कू’को संज्ञा दिदै विरोध जनाएका छन् ।

राजधानी नेपिदओमा सञ्चार सम्पर्क बिच्छेद गरिएको छ । गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी)ले सरकार बनाउन पुग्ने बहुमत प्राँप्त गरेको थियो।

सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्ने मिति तय गरिएको थियो ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *