२०८१ भाद्र २३ गते आइतवार

सभामुख सापकोटाले संवैधानिक नियुक्तिहरु फिर्ता पठाइदिए

दाङ,माघ १८ । सभामुख अग्नि सापकोटाले संवैधानिक निकायको नियुक्तिहरु फिर्ता पठाइदिएका छन् ।सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भइ सकेको हुँदा समिति स्वतह नरहेन तर्क प्रस्तुत गर्दै संवैधानिक परिषद्को सिफारिस समिति समक्ष पेस गर्न नसकिएको उल्लेखसहित पत्र फिर्ता पठाएक छन् ।

सरकारले गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै विभिन्न ११ वटा संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस गरेको थियो।

संवैधानिक परिषद्को बैठकबाट मंसिर ३० गते ती नाम सिफारिस गरेतापनि पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि संसद सचिवालयमा सुनुवाइका लागि पठाएको थियो।

संयुक्त संसदको बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली अनुसार सुनुवाइ समिति नै नरहेको अवस्थामा नियुक्ति अगाडि बढाउन नमिल्ने तर्क सभामुख सापकोटाले उल्लेख गरेका छन् ।

नियमावलीको दफा २६ मा सुनुवाइका लागि प्राप्त नामावलीमाथि समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदका लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनु पर्ने व्यवस्था छ। समितिमा पत्र नपुगेको अवस्थामा ४५ दिनमा निर्णय भएन भन्न नमिल्ने भन्दै सभामुख सापकोटाले कागजात फिर्ता पठाएका छन् ।

संवैधानिक परिषद्को पत्र संसद सचिवालयमा पुस ५ गते दर्ता भएको थियो। माघ २० गते पत्र दर्ता भएको थियो ४५ दिन पुग्दै थियो। अध्यादेश जारी नै गैरसंवैधानिक तरिकाले गरिएको सभामुखले उल्लेख गरेका छन् ।

त्यस्तै प्रतिनिधि सभा विघटन सिफारिस भएको अवस्थामा स्वतह संयुक्त समिति कार्यसञ्चालन नियमावली अनुसार सुनवाइ अगाडि बढ्न नसक्ने सभामुखले उल्लेख गरेका छन् ।

सभामुखले कागजात फिर्ता गरे पनि संवैधानिक परिषद्को सिफारिसअनुसार निर्णय अगाडि बढाउने तयारी संवैधानिक परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको छ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *