२०८१ भाद्र २६ गते बुधवार

काँग्रेस भातृ संगठनहरुले सोमवार घोराहीमा प्रदर्शन गर्ने

घोराही, माघ १८ । नेपाली कांग्रेसका भातृसंस्थाहरुले सोमबार दाङसहित देशभर प्रदर्शन गर्दैछन ।त्यो पर्दशन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनका बिरुद्धमा हुने नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले जानकारी दिए ।

कांग्रेसको केही दिन अघि बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो । दाङको घोराहीमा ब्यापक पर्दशनको तयारी गरिएको तरुण अध्यक्ष घर्तीले बताए ।

यसैविच सोमवार हुने आन्दोलनमा सहभागि हुन कांग्रेस दाङले सबैमा अपिल गरेको छ । कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले बिज्ञप्ती मार्फत संसद विघटन गरेर असंवैधानिक कदम चालेको वर्तमान सरकारका बिरुद्ध एक भएर आन्दोलनमा सहभागि हुन अपिल गरेका हुन ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *