२०८२ असार ३० गते मङ्गलवार

आज प्रचण्ड-माधव समुहले बुटवलमा विरोध सभा गर्दै

रूपन्देही,माघ १५ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड-माधव नेपाल समुहले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आज बिरोध सभा गर्न लागिएको हो ।

बिरोध सभा शुरु हुनुअघि बुटवलको बिभिन्न ठाउँबाट जुलुस निस्किने लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले बताए । उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको ज्ञवालीले बताए ।

दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने छन । सभामा २० हजार कार्यकता सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *