२०७७ फाल्गुन २३ गते आइतवार

सर्वसम्मत नेतृत्वका राजनितिक दलसंग परामर्श

दाङ,माघ १४ ।  तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागी सबै राजनितिक दलहरुका पदाधिकारीहरुबीच छलफल भएको छ ।

व्यावसायीहरुले आम व्यवसायीको हितका लागी सर्वसम्मत पहल गरिरहेका बेला राजनितिक दलका नेताहरुले पनि सर्वसम्मत नेतृत्व चयन गर्नका लागी बाटो खुला गरेका थिए ।

छलफलमा नेपाली कांग्रेसका सभापति कृतिबहादुर खड्का, नेकपाका नेता टिकाराम खड्का, बिनोद कुमार शर्मा, राप्रपाका बंशिकुमार शर्मा, राजमोका डिलाराम बुढाथोकी र जनता समाजवादीका नेता टोपबहादुर महताराले सहमतीका लागी सामुहिक नेतृत्वका लागी पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता टिकाराम खड्काले सर्वसम्मत नेतृत्वका लागी नेकपा तयार हुन व्यवसायीलाइ आग्रह गरे ।

उनले व्यवसायीहरु एक भएर आएमा पाटिको कुनै हस्तक्षेप नहुने बताए । तर उद्योग वाणिज्य संघको नयां नेतृत्व चयन गर्न दलीय भन्दा पनि व्यवसायीको हकहितमा काम गर्न सक्ने नेताहरुलाइ नेतृत्वमा ल्याउन आग्रह गरे ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका सभापति कृतिबहादुर खड्काले पार्टिको हस्तक्षेपमा व्यवसायी नेतृत्व आफुहरुले चाहेको बताउंदै हरेक संघसंस्थामा पार्टिका नेता हाबी हुन नहुने बताए ।

मुलुकमा निजि क्षेत्रलाइ दलिय हस्तक्षेप भन्दा बाहिर रहेर नेतृत्व चुन्न आह्वान गरे ।

त्यसैक्रममा तुलसीपुरका नेकपाका युवा नेता विनोद कुमार शर्माले पनि सर्वसम्मत नेतृत्व चयन गर्न कुनैपनि खाले राजनितिक हस्तक्षेप नगर्ने अभिव्यक्ति दिए ।

उनले तुलसीपुर उद्योग वाणिज्य संघको एकताकै वलका कारण अहिले प्रादेशिक अस्पताल र विमानस्थल समेत सञ्चालनक आएको स्मरण गर्दै फेरी पनि तुलसीपुर उद्योग वाणिज्यसंघलाइ राजनितिमुक्त बनाएर व्यवसायीहरुको नेतृत्व चुन्ने अभ्यासमा लाग्न व्यवसायीहरुलाइ आग्रह गरे ।

तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष बिरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बिमल रिजालले सवै व्यवसायीहरुले अव व्यक्तिगत स्वार्थलाइ छाडेर व्यवसायीक हकहितका लागी सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नकालागी पहल गर्न आह्वान गरे ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका सल्लाहकार सुरेश हमाल र नारायण खनालले पनि सहमतीमा नेतृत्व चयन गर्नका लागी आह्वान गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *