२०८१ बैशाख ८ गते शनिवार

विद्यार्थीलाई तुलसीपुर नगरजेसिज अनुशिक्षण

तुलसीपुर, माघ १३ । तुलसीपुर नगर जेसिजको आयोजनामा मगंलवार विद्यार्थी अभिमुखिकरण कार्यक्रम भएको छ।

नगर जेसिज बर्ष २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई ( नारायण) को अध्यक्षता तथा तुलसीपर उपमहानगरपालिका निमित्त प्रशासकीय प्रमुख भाष्कर गौतमको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

जसको बशिष्ठ अतिथिहरुमा साइकोलोजिष्ट डा.सुशील कँडेल र इलाका प्रहरी कार्यालयका तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह थिए ।

कार्यक्रममा १६ वटा बिद्यालयका ७ सय ३८ विद्यार्थी सहभागी थिए ।

प्रमुख प्रशिक्षक डा. कँडेलले विद्यार्थीलाई मोबाईल प्रयोगको बारेमा सचेत तुल्याए ।

त्यसका साथै उनले आफ्नो पढाइलाई कसरी अगाडि बढाउने भन्ने बारेमा पनि प्रशिक्षण दिएका थिए ।

त्यस्तै डिएसपी सिंहले साइबर क्राइमको बारेमा प्रशिक्षण दिए ।

साइबर क्राइम के हो रु र के कस्ता कारबाही हुने गर्छ भन्ने बारेमा उनले सचेत तुल्याएका हुन ।

कार्यक्रम संयोजक नगर जेसिज बर्ष २०२१ का प्रबक्ता पूर्णबिक्रम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको हो ।

कार्यक्रममा पुर्ब अध्यक्ष जेसी झरेन्द्र खरेलले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव दामोदर न्यौपानेले गरेका हुन ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *