२०८१ भाद्र २५ गते मङ्गलवार

सरकारले नागरिक समाजसँग क्षमा मागोस्: शेखर कोइराला

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नागरिक आन्दोलनमाथि सरकारले दमन गरेकोले क्षमा माग्नुपर्ने बताएका छन्।

प्रहरीले सोमबार बालुवाटारमा नागरिक अगुवामाथि लाठीचार्ज र पानीका फोहरा हानेको थियो। केही मानिस घाइते भएका थिए।

त्यसतर्फ संकेत गर्दै कोइरालाले मंगलबार बिहान गरेको ट्वीटमा भनेका छछन । देशको माटो निधारमा लगाएर प्रतिगमन विरूद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भर्त्सना जति गरे पनि पुग्दैन।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै पशुपतिनाथ मन्दिरमा गरेको संकल्प पूजातर्फ संकेत गर्दै ‘नागरिक आन्दोलनमाथि गरिएको त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मआलोचनाबाट नै’ भनेका छन्।

उनले थपेका छन्, ‘सरकार नागरिक समाजसँग क्षमा माग।’

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *