२०८१ बैशाख ८ गते शनिवार

प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्रीलाई पार्टीबाट निस्कासित गर्यो


काठमाडौं, माघ ११ । नेकपाको प्रचण्ड नेपाल समुहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासित गरेको छ ।ओलीलाई साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरिएको उक्त समुहले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीलाई तीन दिनको म्याद दिँदै प्रभण्ड– नेपाल समुहले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण सोधेको पत्र बालुवाटारको गेटमा गएर प्रचण्ड–नेपाल समुहले छोडेको थियो ।

पुस ७ गते बसेको प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि रिक्त रहेको ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनाइएका थिए । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। यो समुहको गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *