२०८१ बैशाख १५ गते शनिवार

शिक्षकले वडाध्यक्षलाई ज्यान मार्ने धम्कि दिए

देउखुरी, माघ ११ । दाङ देउखुरीको राजपुरमा एक शिक्षकले वडाध्यक्षलाई ज्यानको धम्कि दिएका छन् ।राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिमबहादुर खड्कालाई सोही वडाको माबि सिक्टामा कार्यरत प्रधानाध्यापक बिष्णु खत्रीले केहि दिन भित्रै सिध्याई दिने धम्कि दिएका हुन ।

वडाध्यक्ष खड्काले सुरक्षाको माग गर्दैै र दोषीलाई कानुनी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरीसंग गुहार मागेका छन् । घटना भएको दोस्रो दिन माघ ८ गते वडाध्यक्षले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई सम्वोधन गर्दैै दोषी शिक्षक खत्रीलाई कानुनी कारवाहीको मागग गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखारिया घर भएका खत्रीले आफुलाई धम्कि दिएको वडाध्यक्ष खड्काले उल्लेख गरेका छन् ।

प्रधानाध्यापक खत्रीले माघ ७ गते सिफारिस लिन वडा कार्यालयमा गएको समयमा वडाध्यक्षलाई त्यस्तो धम्कि दिएको उल्लेख छ । वडाध्यक्षले खड्काले यसअघि पनि प्रधानाध्यापक खत्रीले बिप्लवको नामबाट चन्दा माग्ने र निदिए सिध्याइदिने जस्ता धम्कि दिने गरेको जाहेरीमा उल्लेख गरेका छन् ।

वडाध्यक्ष खड्काका अनुसार यसअघि पनि प्रधानाध्यापक खत्रीले सोही बिद्यालयमा कार्यरत एक महिला शिक्षिकालाई समेत हातपात गरेका थिए ।

उनले यसअघि पनि बिप्लबलाई चिन्छौ भन्दै धम्क्याउने गरेको तथा राम्रो संग बस्नु सुत्नु रातिमा आएर सिध्याइदिन्छु भनेर धम्किहरु दिने गरेको आरोप वडाध्यक्षले निवेदन मार्फत लगाएका छन् । सूर्यौदय प्राथमिक विद्यालय बनकट्टीबाट काजमा माध्यामिक विद्यालय सिक्टामा आएका शिक्षक खत्री राहतकोटाका शिक्षक हुन ।

उनी यो भन्दा अघि आफू नै प्रधानाध्यापक हुनुपर्ने जिकिर गर्दा बिबादमा मुछिएका थिए । जतिबेला शिक्षिकालाई हातपात गरेको अभियोगमा उनलाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरि ५ दिनसम्म हिरासतमा लिएको थियो । धरौटीमा रिहा भएका प्रधानाध्यापक खत्रीको मुद्दा अझै फैसला भने हुन सकेको छैन ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *