२०८१ भाद्र २६ गते बुधवार

सरकारले ३ बर्षमा चमत्कारिक काम गरेका छौं : नगरप्रमुख पाण्डे


तुलसीपुर, माघ १० । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले नेकपाको सरकारले ३ वर्षमा चामत्कारिक काम गरेको वताएका छन् ।नेकपा तुलसीपुर ५ नम्वर वडा कमिटीले शनिवार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले केही व्यक्तिहरुले बाटो विराए र अत्तालिएर पार्टीमा विखण्डन ल्याउने दुष्प्रयास गरेको वताए ।

उनले बाटो विराएर गएकाहरु भविस्यमा अवश्यपनि फर्केर आउने दाबी गरे । उनले स्थानीय सरकारको पहलमा वसपार्कको सुरक्षाका लागि प्रदेश सरकारले तटवन्ध निर्माण गरेको चर्चा गरे ।

त्यस्तै उनले लामो समयदेखि सम्बोधन हुन नसकेको सुकुम्बासीको समस्या समाधान गर्न आफुहरु कटिवद्ध भएर लागेको बताए । उनले असारसम्म सबैको हातहातमा लालपुर्जा पुग्ने जिकिर गरे । वसपार्कमा खानेपानीको समस्या समाधान गर्न धारा वितरणको काम अगाडि निर्देशन दिएको उनले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम वस्नेतले जग्गा सम्बन्धि सबै समस्या समाधानका लागि आयोगले काम अगाडि वढाएको वताए । उनले ऐलानी जग्गामा बसेका, सुकुम्बासी लगायतका लागि आवेदन माग भइसकेको वताउँदै ३५ दिन भित्र फाराम भरिसक्न सबैलाई आग्रह गरे ।

यसपटक प्रविधिको प्रयोग गरिने भएकाले कसैले पनि ठग्ने र कसैले नपाउँने भन्ने नुहने उनले बताए ।उनले भुमिहीन शुल्न नलिएर लालपुर्जा वितरण गर्ने बताए ।

कार्यक्रममा नेकपाका नेता विनोद शर्मा, पदम पोख्रेल लगायतले मनतब्य व्यक्त गरेका थिए । वडा कमिटी अध्यक्ष टिकाराम पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव गंगा ओलीले गरेकी थिइन् । सो अवसरमा वडा कमिटी र युवा कमिटी समेत गठन गरिएको थियो ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *