२०८१ बैशाख १५ गते शनिवार

नेपाल बन्दको पूर्वसन्ध्यामा दाङका विप्लव समुद्धारा मसाल जुलुस प्रदर्शन

दाङ, माघ ९ । विप्लब समुहले पार्टीका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’पक्राउ परेको विरोधमा शनिवार नेपाल बन्दको आह्वान गरेको छ । त्यसको पूर्व सन्ध्यामा उक्त समुहले दाङका बिभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

पार्टीका तुलसीपुर नगर इञ्चार्ज नबिनले शुक्रवार बेलुकी तुलसीपुर क्षेत्रमा मात्रै विभिन्न चार ठाउँमा मसाल जुलुस प्रदर्शन गरिएको फोनमा जानकारी दिए ।

पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई बार्ताका नाममा बोलाएर सरकारले गिरफ्तार गरेको हुँदा त्यसको विरोधमा शनिबार नेपाल बन्द आह्वान गरिएको र त्यसलाई सबैले सहयोग गर्न उनले आग्रह पनि गरे ।

आफ्ना नेता बास्तोला पक्राउ परेको विरोधमा यसअघि पनि उक्त पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ले एक हप्ता अगाडि विज्ञप्ति मार्फत नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए ।

बास्तोला पुस २९ गते पक्राउ परेका थिए । त्यसको बिरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *