तुलसीपुर, २६ मसिंर ।
देउसी भैलो खेलेर संकलन भएको रकमबाट मजुवागाउँका स्थानीयहरुले मन्दिर निर्माण गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका बासिन्दाहरुले भैलो खेलेर उठेको ५१ हजार र अरु रकम स्थानीय दाताहरुको सहयोग रकमबाट निर्माण गणेश मन्दिर निर्माण गरेका हुन् । मानिसहरुमा धार्मिक आस्था घट्दै गैरहेको र युवा पिढीमा समेत लागूपदार्थ दुव्र्यसनी र कुलतमा फस्दै गैरहेको अवस्थामा धार्मिक आस्था र विश्वासले त्यस्तो कार्यमा कमि आई समाजलाई सहिमार्ग दिनसक्ने धारणाले मन्दिरको स्थापना कार्यक्रमका सहभागीहरुले बताए ।
देउसी भैलोबाट उठेको रकम तथा स्थानीय दाताहरुबाट प्रदान गरिएको आर्थिक सहयोगबाट मन्दिर निर्माण भएको कार्यक्रमका सहभागी वक्ताहरुले बताए । कार्यक्रममा सहभागी भएका वक्ताहरुले मन्दिर निर्माणका लागि आवश्यक पर्ने सहयोगमा आफूहरु सधै तत्पर रहेको समेत प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका स्थानीयद्वय मनसराकुमारी वली र कर्णबहादुर वलीले मन्दिरलाई आवश्यक गणेश मूर्ति प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका अवसरमा समाजसेवी ध्रुव गौतम, प्रणवकुमार खड्का, शिवराज सिंह ठकुरी, वडा सदस्य जय बहादुर गिरी, सुदिप खड्का, नवीन कुमार खड्का, केशर बहादुर खड्का, मोहवीर वली, सुरेन्द्र गिरी, गणेश वली, चेतराज सिंह ठकुरी, अप्सरा गिरी, मानबहादुर वली, लोकबहादुर वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मन्दिर निर्माण समिति अक्ष्यक्ष मित्रलाल खड्काको अध्यक्षतामा भएकोे कार्यक्रमको सहजीकरण गोपाल बुढाथोकीले गरेका थिए ।