२०८१ भाद्र २३ गते आइतवार

विकास जनतालाई लक्षित गरि गर्नु पर्छ : मुख्मन्त्री पोखरेल

घोराही, माघ ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिकाश जनतालाई लक्षित गरि गर्नुपर्ने बताएका छन् ।आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीवार घोराहीमा गरेको बजेट सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री पोख्रलले विकास निर्माणमा राजनीतिक प्रभाव पर्न नहुने धारणा राखे ।

राजनीतिमा चक्रवाद आउने जाने क्रम जारी रहने भएपनि त्यसको प्रभाव विकाशमा पर्न नहुने उनको भनाई छ ।
दलहरु द्धन्दहरुमा सक्रिय भए जत्तिकै विकास निर्माणमा विकास निर्माणमा भने संक्रिय नहुने गर्दा देश बिकाश हुन नसकेको उनले बताए ।

अब सवैले सकारात्मक मनोविज्ञान निर्माण गरेर देश विकाशमा लाग्न जरुरी रहेको मुख्य मन्त्री पोखरेलले सुझाए ।
त्यस्तै उनले. पुर्वाधार निर्माणमा एक कार्यालय र अर्को कार्यालयबीच समन्वय अभाव रहेको भन्दै त्यसले पनि विकास निर्माणमा बाधा पुगिरहेको तर्क गरे ।

उत्पादनमुलक कार्यले जनताको जीवनस्तर सुधार्न सहयोग गर्ने हुँदा पूर्वाधार विकाशमा भन्दा त्यसमा बढी ध्यान दिन उनले आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले योजना बनाउँदा क्षेत्र निर्धार गरेर बजेट विनियोजन भएमा काम गर्न सहज हुने धारणा राखे ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले आवश्यकता अुनसार जनशक्ति अभाव, कर्मचारी परिवर्तन, खरिद ऐन र बजेट सुनिश्चिताको अभावको कारण पनि समस्या हुने गरेको बताए ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सहकारी विकासमा राज्यको ध्यान जान नसकेको भन्दै टेण्डर गरेका योजनामा बजेटको सुनिश्चताको खाँचो औंल्याए । कार्यक्रम मन्त्रालयका सचिव बाबुराम अधिकारीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *