२०८१ भाद्र २३ गते आइतवार

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने भयो

काठमाडौं, माघ ८। भोलि (शुकबार) देखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने भएको छ । अनुमतिपत्र दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था रहेको हुँदा यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको कारण रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने बिभागले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
  1. Nikesh Thapa Magar says:

    Baik ko lasan chaheaako m ahele solukhumbu xu

Leave a Reply

Your email address will not be published. Required fields are marked *