२०८२ असार ३० गते मङ्गलवार

सर्वसहमतिमा नेतृत्व चुन्न वाणिज्य संघका अध्यक्ष रावतको अपिल


तुलसीपुर, माघ ७ । तुलसीपुर उद्योग वाणिज्य संघले आसन्न अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन गर्नको लागि सवैमा सहयोगको अपिल गरेको छ । संघका अध्यक्ष बिरबहादुर रावत (विरु)को अध्यक्षतामा बुधवार बसेको बैठकले त्यस्तो अपिल जारी गरेको हो ।

अधिवेशन स्वाभाविक र निरन्तर प्रक्रिया भएको भन्दै त्यसको अन्तिम तयारीमा संघ जुटिरहेको उनले उल्लेख गरेका छन् ।व्यवसायीहरु आपसमा फाट्न नहुने र सबै मिलेर जानु पर्ने अपिलमा उल्लेख गरिएको छ ।

‘ हामी फट्दा र भिन्न भिन्न खेमामा जाँदा विगतमा हामीले पाउने भन्दा धेरै गुमाएको अवस्था थियो,’ अध्यक्ष रावतले लेखेका छन् ‘ अहिलेको अवस्था भनेको व्यवसायीक एकताको हो । सामुहिक समृद्धिको हो । नयाँ नेतृत्व चयनका लागि सहमतिको वातावरण निर्माण गर्न जरुरी छ ।’

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *