२०८० चैत्र १५ गते बिहिवार

युवाहरु बीचको बिबादले राडीबजारमा निषेधाज्ञा जारी

दाङ, माघ ६ । रुकुम पश्चिमा आठबिसकोट नगरपालिकाको वडा नम्बर ९ मा पर्ने राडीबजारमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले मंगलबार बेलुका ५ बजेदेखि अर्कौै सूचना जारी नभएसम्मका निषेधाज्ञा जारी गरेको छ ।

राडी बजारको पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट बाहिर जान नपाउने र बाहिरबाट भित्र आउन समेत नमिल्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

राडीबजारमा युवाहरुका बीचमा भएको विवादले उग्र रूप लिएपछि मंगलबार दिउँसो प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायर गरेको थयो।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *